सुटिङका १९ मध्ये भारतले पायो १७ स्वर्ण

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत सुटिङको १० मिटर एयर पेस्तोलका दुवै इभेन्ट्समा भारतले स्वर्ण पदक जितेको छ ।

सुटिङका २० मध्ये १७ ओटा स्वर्ण पदक भारतले जितेको छ भने २ ओटा स्वर्ण पदक पाकिस्तानले हात पारेको छ । बाँकी एउटा स्वर्ण पदकका लागि सोमबार प्रतिस्पर्धा हुने छ ।