नेपालका लागि किरणसिंह बोगटीले जिते स्वर्ण 

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत ४२ किलोमिटर म्याराथन पुरुष दौडमा नेपालले स्वर्ण पदक जितेको छ ।

किरणसिंह बोगटीले निर्धारित दूरी २ घण्टा २१ मिनेट १७ सेकेण्डमा पूरा गरेर  स्वर्ण जित्दा भारतीय खेलाडीले रजत र कास्य दुई पदक हात पारे । नेपालले म्याराथनमा २४ वर्षपछि स्वर्ण हात पारेको हो ।