बालचन कृषि सहकारीले तरकारी खेतीमा जोड दिने

चतराः बालचन खोरिया कृषि सहकारी संस्थाले किसानमुखी कार्यक्रम अघि बढाउने भएको छ ।

शुक्रबार सम्पन्न छैटौं वार्षिक साधारणसभामा चालु आर्थिक वर्षको योजना प्रस्तुत गर्दै अध्यक्ष तुलसी पाण्डेले सो जानकारी दिएका हुन् । २ बिघा जग्गा लिजमा लिएर व्यावसायिक तरकारी खेतीको योजना सहकारीले अघि सारेको हो ।

सो सहकारीले गत आर्थिक वर्षमा ३ करोड २ लाख ५५ हजार ५ सय ६८ रुपैयाँको कारोबार भएको जनाएको छ ।