उद्योगी भोलेश्वर दुलालले गरे १ सय १० औँ पटक रक्तदान

विराटचोकः उद्योगी व्यवसायी भोलेश्वर दुलालले १ सय १० औँ पटक रक्तदान गरेका छन् । शुक्रबार लायन्स क्लब अफ इन्द्रपुरद्वारा आयोजित रक्तदान कार्यक्रममा उनले १ सय १० औँ पटक रक्तदान गरेका हुन् ।

दुलालले १६ वर्षको उमेरदेखि रक्तदान गर्दै आएको बताए । उनले पटकपटक रक्तदान गर्ने व्यक्तिमध्ये आफू पूर्वकै अग्र स्थानमा रहेको बताउँदै आफूलाई नेपाल रेडक्रस सोसाइटी धरानले सम्मानसमेत गरेको बताए ।

४५ वर्षकै उमेरमा यति धेरै पटक रक्तदान गर्ने अवसर मिलेकोमा आफूलाई सन्तुष्टि प्राप्त भएको दुलाल बताउँछन् । रक्तदान जीवनको सबैभन्दा ठूलो पुयय दान भएकाले प्रायः यस्तो कार्यक्रम नछुटाउने उनले बताए ।

उद्योग व्यवसायसँगै विभिन्न सङ्घ संस्थामा आबद्ध भई नेतृत्व सम्हालेका उनी सामाजिक क्षेत्रमा अग्र पङ्तिमा रहेर समाज निर्माणमा सकारात्मक योगदान पु¥याउँदै आएका छन् ।
लायन्स क्लब अफ इन्द्रपुरको ‘डिजी सर्भिस विक’ अन्तर्गत सुन्दरहरैंचा नगरपालिकाको विराटचोक बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो । उक्त संस्थाको ‘डिजी सर्भिस विक’ मंसिर १५ गतेदेखि २१ गते (डिसेम्बर १ तारिखदेखि ७ तारिख) सम्म चलिरहेको छ ।