पलेँटीमा कतारमा रहेका युवाले गरे स्वेच्छाले सहयोग

बिराटचोक  : मंसिर १९ गते बिहिवारका दिन मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा रहेको कोसीहरैचा उद्योग वाणिज्य संघको सभाहलमा  आयोजना गरिएको स्वरसम्राट नारायणगोपाल स्मृति दिवस एवम् शिशिर योगी सम्मान कार्यक्रम सम्पन्न गर्नका लागि सुन्दरहरैँचा १० निवासी हाल वैदेशिक रोजगारीका क्रममा कतार देशमा रहनुभएका कला,साहित्य र सङ्गीतप्रेमि ,सकारात्मक सोचका धनी युवा एल पि चम्लागाईले रु.पाँच हजार पाँच सय पच्पन्न रुपैयाँ पठाइदिएर पलेँटी साँझलाई सहयोग गरेको प्रस्तोता केपी केपी घिमिरेले बताए  ।
सहयोगि हातहरुबाट नै  आफ्नो १६ औँ श्रृखला अन्तर्गत यस पटको कार्यक्रम हुन लागेको घिमिरेले बताएका छन् ।   साँझ ६ः३० बजेबाट सुरुहुने कार्यक्रममा पुर्वर्की चर्चित गायिका सृष्टि हिङ्माङले पनि यो पटक आफ्नो प्रस्तुती पस्कने बताइएको छ । कार्यक्रममा नारायणगोपाललाई कविहरु मनु मन्जिल र छवि बैरागी घिमिरेले पनि आफ्ना कविताहरुमार्फत प्रस्तुत गर्ने बताइएको छ ।
एउटै मञ्चमा गायक, गायिका र कविहरुको सहभागितामा दर्शक, स्रोतालाई मनोरञ्चन दिन र स्वरसम्राटप्रति श्रद्धाञ्जलि अर्पण गर्न स्मृति दिवस कार्यक्रम आयोजना गरिएको नझरेका फूलहरुका प्रस्तोता घिमिरेले बताएका छन् । प्रस्तोता घिमिरेले एलपी चम्लागाईलाई धन्यवाद दिदैँ अन्य महानुभावहरुको पनि सहयोगको अपेक्षा राखेका छन्  । साहित्य, कला र सङ्गीतको संरक्षण र विकासका लागि नझरेका फूलहरुले विगत तीन वर्ष देखि कार्यक्रम गर्दै आएको छ ।