सुन्दरहरैंचामा शिक्षा क्षेत्रको अवस्था भयावह : एउटा कक्षामा १ जना विद्यार्थी

बिराटचोक : शिक्षा क्षेत्रमा सरकारको लगानी बालुवामा पानि खन्याए सरह बन्दै गएको छ । उच्च शिक्षा हासिल गर्न सानै उमेर देखि राम्रो शिक्षा दिक्षा दिनुपर्ने संघिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको दायित्व भए पनि सुन्दरहरैंचाका केहि विद्यालयको अवस्था ज्यादै दयनीय रहेको छ ।


बाक्लो बस्ती भए पनि विद्यार्थीको संख्या देख्दा अचम्म लाग्न सक्छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा रहेको श्री बाघझोडा गणतान्त्रिक प्राथमिक विद्यालयमा विद्यार्थीको संख्या ज्यादै न्यूुन रहेको छ । कर्मचारी सहित ४ जना शिक्षकले एउटा कक्षा कोठामा १ जना विद्यार्थी राखेर पढाउन बाध्य भएका छन् । स्थानीय सरकार समेत प्रत्यक्ष लगानी रहेको शिक्षा क्षेत्रमा गुणस्तरिय शिक्षा नहुनु, विद्यालयको वातावरण, न्यून विद्यार्थी, अभिभावकको सोच लगायतले गर्दा विद्यार्थीको संख्या दिनानुदिन घटिरहेको छ ।


सो विद्यालयमा शिशु कक्षामा १० जना, कक्षा १ मा ५जना, कक्षा २ मा ३ जना र कक्षा ३ मा १ जना गरि जम्मा १९ जना विद्यार्थी रहेका छन् । यो विद्यालयको अगाडि पुर्व संविधानसभा सदस्य चन्द्रबहादुर गुरुङको घर रहेको छ । राज्यको कानुन निर्माण गर्ने प्रतिनिधिको .२४ सै घण्टा नजर रहेको ठाउँको विद्यालयमा समेत यस्तो दयनिय अवस्था रहेको छ । निष्पक्ष खबरको टिम सोमबार बिहान ११ बजे विद्यालयमा पुग्दा सबै विद्यार्थीलाई विद्यालयको प्रशासनिक कक्षमा राखेर बाल कक्षा शिक्षिका निर्मला राईले पढाइरहनुभएको थियो । अरु सबै शिक्षक तथा कर्मचारी अनुपस्थित रहेका थिए । फरक फरक उमेर समूह र कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउन र कक्षा नियन्त्रण गर्न शिक्षिका राईलाई असहज भइरहेको थियो ।


यस विषयका बारेमा बुझ्दा सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० का वडा सदस्य नगेन्द्र सुवेदीले विद्यालयलाई समायोजन गर्ने विषयमा स्वयम विद्यालय र संचालक समिति बाट कुनै कुरा नआएको बताउनु भयो ।
यस्ता विद्यालयलाई नजिकै रहेको अर्को राम्रो शैक्षिक वातावरण भएको विद्यालय संग समायोजन गर्ने हो भने सो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको भबिस्य समेत उज्वल हुने थियो ।

याे पनि पढ्नुहाेस्
https://nispakshyakhabar.com/?p=1544
https://nispakshyakhabar.com/?p=1874