कराते पुरुष टिम कातामार्फत् छैटौं स्वर्ण

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत कराते पुरुष टिम कातामा पनि नेपालले स्वर्ण जितेको छ ।

यस पटकको सागमा नेपाललाई पहिलो स्वर्ण दिलाएका मन्डेकाजी श्रेष्ठको टिमले छैटौं स्वर्ण दिलाएको हो । श्रेष्ठसँगै टिममा प्रवीण मानन्धर र महसुस तामाङ सहभागी थिए ।