मोरङको धनपालथान गाउँपालिकामा नेपाली कांग्रेस विजयी

बिराटचोक : मोरङको धनपालथान गाउँपालिका वडानम्बर २ को अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका नारायणप्रसाद साह १ हजार ७ सय १ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपाका पंकज मण्डलले १ हजार ४९७ मत पाए । जम्मा ४ हजार ७४ मतदातामध्ये ३ हजार २ सय ८४ मत खसेको थियो ।
यस्तो छ सम्पूर्ण उम्मेद्वारले पाएको मत ।