२ जनामात्र उम्मेद्वार रहेको खाँदबारी नगरपालिका वडा नं ३ मा नेकपा विजयी

विराटचोकः २ जनामात्र उम्मेद्वार रहेको संखुवासभाको खाँदबारी नगरपालिकामा नेकपाका उम्मेद्वार विजयी भएका छन् । यस अघि पनि सो वडामा नेकपाका उम्मेद्वार विजयी भएका थिए ।
शनिबार सम्पन्न उपनिर्वाचनमा नेकपाका भरतकुमार घिमिरे ७ सय ९६ मतका साथ विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका विक्रम गुरुङले ४ सय ६७ मत मात्रै ल्याए ।
जम्मा १ हजार ८ सय २२ मतदाता रहेको सो वडामा १ हजार २ सय ७० मत खसेको थियो । खसेको मतमध्ये ८ मत बदर भएको थियो ।