ताप्लेजुङको फुङलिङमा पर्यटन प्रबद्र्धनका लागि गुरुयोजना बन्ने

ताप्लेजुङः नगरभित्र पर्यटन प्रबद्र्धनका लागि ताप्लेजुङको फुङलिङ नगरपालिकाले पर्यटन गुरुयोजना तयारीसहितका कार्यक्रमलाई अघि सारेको छ ।

चालु आर्थिक वर्षको नीति, बजेट तथा कार्यक्रमभित्रै समेटेर पर्यटन गुरुयोजना तयारी सहितका नगरस्तरीय पर्यटन पुर्वाधारका कार्यक्रमलाई अघि सारिएको नगरपालिकाले जनाएको छ । पर्यटन गुरुयोजना तयारी, अलैँची स्तम्भ निर्माण, गुप्ते चारपाटे पदमार्ग तथा भ्यु टावर निर्माण, सिद्धिडाँडा मन्दिर पदमार्ग निर्माण, ङाग्युर ञिङमा गुम्बा निर्माण, चारपाटे ढुङ्गाको सिँढी तथा पूर्वाधार निर्माण र शहीद स्मृति पार्क तथा गेट निर्माण गर्ने योजना रहेको बताइएको छ । ६२ लाख ५० हजार रुपैयाँ विनियोजनसमेत भएको बताइएको छ ।