गल्र्स बास्केटबलको उपाधि इनोभेटिभलाई

काठमाडौंः २६ औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताको गल्र्स बास्केटबल उपाधि इनोभेटिभ एकेडेमीले हात पारेको छ ।

ज्ञानोदय बाल वाटिकाद्वारा आयोजित प्रतियोगिताको फाइनलमा इनोभेटिभले मल्पीलाई ३४–३० ले पराजित ग¥यो । इनोभेटिभकी स्वच्छता थापाले १० अङ्क जोडिन् ।

ब्वाइज बास्केटबल फाइनलमा त्रिज्योतिले एलआरआईलाई ६५–४४ ले हरायो । त्रिज्योतिका सुयोग प्याकुरेलले २२ अङ्क जोडे । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुयोग र स्वच्छता ‘मस्ट भ्यालुवेबल प्लेयर’ घोषित भए ।

नेटबलमा मल्पीले रिलायन्स पब्लिक स्कुललाई ३२–२६ ले पाखा लगाउँदै च्याम्पियन बन्यो । रिलायन्सकी ओजस्वी निरौला उत्कृष्ट खेलाडी, मल्पीकी कृतज्ञता गुरुङ उत्कृष्ट डिफेन्डर तथा मल्पीकै कृतिका सैजु सर्वाधिक स्कोरकर्ता (१०८) बने ।

यसअघि सम्पन्न प्लस टु थ्री बाइ थ्री बास्केटबलको ब्वाइजमा एस र गल्र्समा साइपाल तथा जुनियर ब्वाइज फुटबलमा लिटिल एन्जल्स (एलए) च्याम्पियन बनेका थिए । विजेतालाई ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।