पथरी / मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित मुख्य व्यापारिक केन्द्र पथरी बजारमा ‘प्रेस्टिज ट्रेडर्स’ नामक होलसेल तथा खुद्रा पसल सञ्चालनमा आएको छ। राष्ट्रिय वाणिज्य बैंकको पूर्व–दक्षिण र एनएमबी बैंकको पश्चिमपट्टि, भट्टराई ट्रेडर्स नजिकै पसल सुरु गरिएको हो।

बिहिवार आयोजित एक औपचारिक कार्यक्रममा पथरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक बस्नेतले पसलको उद्घाटन गर्नुभयो। पण्डित केवल कृष्ण अधिकारीको वैदिक मन्त्रोच्चारणसहित पूजाआजा गरी तीन कन्याको उपस्थितिमा रिबन काटेर पसल सञ्चालनमा ल्याइएको थियो।
सञ्चालक बुद्धिनाथ अधिकारीका अनुसार ग्राहकको आवश्यकता र रुचिलाई ध्यानमा राख्दै गुणस्तरीय सामान उचित मूल्यमा उपलब्ध गराउने उद्देश्यले पसल सुरु गरिएको हो। यहाँ विभिन्न प्रकारका घरायसी लगेज तथा ब्याग, स्तरीय कस्मेटिक्स सामग्री तथा अन्य घरायसी वस्तुहरू होलसेल र खुद्रा दुवै मूल्यमा पाइनेछन् ।
उद्घाटनको अवसरमा विशेष छुट योजना समेत ल्याइएको छ। वैशाख ३० गतेसम्म पसलबाट सामान खरिद गर्ने ग्राहकले विशेष सहुलियत पाउने सञ्चालक अधिकारीले जानकारी दिनुभयो। साथै, सामान खरिद गर्ने ग्राहकका लागि भाग्यशाली उपहार कार्यक्रमको नतिजा केही दिनपछि सूचना प्रकाशन गरी सार्वजनिक गरिने बताइएको छ।
स्थानीय व्यवसायीहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न उद्घाटन कार्यक्रमले पथरी बजारको व्यावसायिक चहलपहल अझ बढ्ने अपेक्षा गरिएको छ।