संबैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायधिसवारे निर्णय हुने

काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाह ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेको तेस्रो दिनमा प्रधानमन्त्री शाहले संबैधानिक परिषदको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार बिहीबार साँझ ५ बजे बस्ने गरी सो बैठक आह्वान भएको हो ।मुख्यतयाः सर्वोच्च अदालतको प्रधानन्यायाधीशलगायत संवैधानिक पदहरू हाल रिक्त अवस्थामा रहेका छन्। संवैधानिक परिषद् बैठक नबस्दा प्रधानन्यायाधीशको जिम्मेवारी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सम्हाल्दै आएकी छन् ।

परिषद्को सचिवालयले बुधबार जारी गरेको पत्रअनुसार बैठक २०८३ वैशाख २४ गते बिहीबार अपराह्न ५ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ । बैठकको मुख्य कार्यसूची प्रधानन्यायाधीशको नियुक्ति सिफारिस रहेको सचिवालयले जनाएको छ ।




Leave a Reply

Your email address will not be published.