स्वास्थ्य स्वयंसेविकाहरूका लागि ३ दिने तालिम सुरु

पथरी / समुदायमा आधारित मधुमेह र उच्च रक्तचाप रोगको पहिचान गर्ने सम्बन्धी राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि ३ दिने तालिमको उद्घाटन गरिएको छ ।

आज पथरी शनिश्चरे नगरपालिकाको सभाकक्षमा स्वास्थ्य कार्यालय मोरङको आयोजनामा तालिमको उद्घाटन गरिएको हो । नगरपालिकाको समन्वयमा सम्पन्न उक्त कार्यक्रम नगर प्रमुख मोहन प्रसाद तुम्वपोको अध्यक्षतामा भएको थियो ।

तालिममा नगरका सबै वडाबाट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको उल्लेखनीय सहभागिता रहेको छ । चैत १७ गतेसम्म सञ्चालन हुने तालिममा स्वास्थ्य कार्यालय मोरङका फोकल पर्सन शेखर यादव, नगरका जनस्वास्थ्य अधिकृत जगत प्रसाद मगर, एकराज खत्री लगायत स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।

तालिमको सहजीकरण सुन्दरहरैचा नगरपालिकाका जनस्वास्थ्य अधिकृत लिलामणि दाहाल र बुढीगंगा गाउँपालिकाको जनस्वास्थ्य अधिकृत सूर्यकुमार थापाले सहजीकरण गरिरहनुभएको छ । उक्त तालिमले समुदाय स्तरमै मधुमेह र उच्च रक्तचाप जस्ता दीर्घरोगहरूको प्रारम्भिक पहिचान र व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




Leave a Reply

Your email address will not be published.