काठमाडौं / नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ।

स्रोतका अनुसार खड्का लैनचौरस्थित स्काउटको जग्गा विवादसँग सम्बन्धित प्रकरणमा अनुसन्धानको घेरामा परेका हुन्। उक्त प्रकरणमा उनको संलग्नताबारे सम्बन्धित निकायले थप छानबिन अघि बढाइरहेको बताइएको छ। यसअघि जेनजी आन्दोलनका क्रममा उनको निवासमा आगजनीभएको घटनापछि घरभित्रबाट पैसा उडेको दाबी गरिएको एक भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। सोही घटनासँग जोडिएका आर्थिक गतिविधि तथा सम्पत्तिको स्रोतबारे समेत अनुसन्धान भइरहेको स्रोतको भनाइ छ।
यद्यपि, पक्राउबारे सम्बन्धित निकायबाट औपचारिक पुष्टि भने सार्वजनिक भइसकेको छैन। अनुसन्धान जारी रहेकाले थप विवरण आउन बाँकी रहेको बताइएको छ।