भट्टराई वंशको कुलपूजामा ५० हजार सहभागी हुने अनुमान, तयारी पूरा

विराटचोकः भट्टराई कुल विकास प्रतिष्ठानको १४ औँ कुलपूजा भोलि बुधबार हुने भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ गोठगाउँमा रहेको कुलथानमा पूजा गरिने भएको हो ।

कुलपूजामा नेपाल बाहिरबाट पनि भट्टराई बन्धुहरू आउने क्रम चलिरहेको छ । कुलपूजामा ५० हजार भट्टराई बन्धुहरूको सहभागिता हुने अनुमान गरिएको प्रतिष्ठानका अध्यक्ष पदम भट्टराईले बताए । कुलपूजामा ५ हजार बोकाको बलि दिइने समेत उनले जनाए ।