फुटबलको फाइनलमा नेपाललाई अग्रता

विराटचोकः १३ औं सागको फाइनलको पहिलो हाफमा नेपाल र भुटान दुवैले १–१ गोल गरेकामा नेपालले पुनः गोल थपी पुनः अग्रता लिएको छ ।
नेपालले खेलको १६ औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । पछि भुटानका तर्फबाट ३७ औं मिनेटमा टिम क्याप्टेन चेन्चोले पनि १ गोल फर्काएपछि पहिलो हाफ १÷ १ गोलको बराबरीमा टुंगिएको थियो ।
नेपालले पुनः खेलको ५३ औं मिनेटमा सुनिल बलको गोलमार्फत् अग्रता लिएको हो ।