सुटिङमा भारतलाई २० मध्ये १८ स्वर्ण

काठमाडौंः १३ औँ साग अन्तर्गत सुटिङ विधामा कुल २० स्वर्ण पदकमध्ये भारतले १८ स्वर्ण पदक जितेको छ । स्वर्ण, रजत र कास्य गरी कुल ६० पदकका लागि भएको प्रतिष्पर्धामा भारतले १८ स्वर्ण, ७ रजत र ४ कास्य गरी २९ पदक जित्न सफल भएको छ ।

दोस्रो स्थानमा रहेको पाकिस्तानले २ स्वर्ण, ५ रजत र ७ कास्यसहित १४ पदक हात पारेको छ । स्वर्ण नजितेको बंगलादेशले ६ रजत र ४ कास्य पदक जितेको छ । चौथो स्थानमा रहेका श्रीलंकाले २ रजत र ५ कास्य हात पार्दा माल्दिभ्स, भुटान र नेपाल पदकविहीन रहेका छन् ।