नेवि सङ्घद्वारा गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंमा प्रदर्शन

काठमाडौंः हिजो आइतबार बाँकेको कोहलपुरमा भएको घटनाको विरोधमा आज काठमाडौंमा प्रदर्शन भएको छ । प्रहरीले विद्यार्थीमाथि दमन गरेको भन्दै नेवि सङ्घले गृहमन्त्रीको राजीनामाको माग राखी काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो ।

नेवि संघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरेका थिए । सो घटनामा घाइते भएका सबै प्रदर्शनकारीको पनि सरकारले निःशुल्क उपचार गर्नुपर्ने माग नेवि सङ्घले गरेको छ ।