क्रिकेटमा नेपालले पायो कास्य

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग)को पुरुष क्रिकेटमा नेपालले कास्य पदक जितेको छ ।

माल्दिभ्सलाई ५ विकटेले पराजित गर्दै नेपालले कास्य जितेको हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा माल्दिभ्सले दिएको ९६ रनको लक्ष्य नेपालले १६ दशमलव १ ओभरमा ५ विकेट गुमाएर भेटेको हो ।