आज पनि घट्यो सुनचाँदीको भाउ

विराटचोकः आज पनि सुन र चाँदी दुवैको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ सय रुपैयाँ र चाँदी तोलामा ५ रुपैयाँ घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ७१ हजार रुपैयाँ, तेजाबी सुन प्रति तोला ७० हजार ७ सय रुपैयाँ र असली चाँदी प्रति तोला ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।