क्यानोइङ टोली आज चीन जाने

तस्बिरः राष्ट्रिय खेलकुद परिषद 

काठमाडौंः आईसीएफ वाइल्ड वाटर क्यानोइङ वल्र्ड कपमा सहभागी हुन ११ खेलाडीसहित १३ सदस्यीय नेपाली टोली सोमबार चीन जाने भएको छ ।

डिसेम्बर १३ देखि १५ तारिखसम्म हुने प्रतियोगितामा सुमन तामाङ, सुरज गुरुङ, शक्तिकुमार गुरुङ, निशान गुरुङ, सुर्जन तामाङ, सौरभ राई, सञ्जय पुन, विक्रम गुरुङ, टकबहादुर गुरुङ, सविन गुरुङ र मोहन राणा रहेका छन् ।

व्यवस्थापकमा सुदीपराज गौतम तथा अफिसियलमा चन्द्रबहादुर दाहाल छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ सङ्घका कार्यवाहक अध्यक्ष राजीव श्रेष्ठलगायतले एक कार्यक्रमका बीच आइतबार बिदाइ गरे ।