महिला ह्यान्डबलमा नेपाललाई रजत, भारतलाई स्वर्ण, पुरुष ह्याण्डबलमा पाकिस्तानलाई स्वर्ण

काठमाडौंः १३ औं संस्करणको दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ह्याण्डबलको फाइनलमा नेपाल भारतसँग पराजित भई रजत पदक मात्रै हात पारेको छ ।

१२ औं सागमा नेपाली महिला ह्याण्डबल टिमले चौथो स्थान हासिल गरेको थियो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको फाइनलमा नेपाललाई ३६–२१ ले हराउँदै भारतले स्वर्ण जितेको हो ।

महिला ह्याण्डबलमा बंगलादेशले कास्य पदक जितेको छ ।

पुरुष ह्याण्डबलमा भने भारतलाई हराउँदै पाकिस्तानले स्वर्ण हात पारेको छ ।