पुरुष फुटबलमा नेपाल फाइनलमा

तस्बिरः राष्ट्रिय खेलकुद परिषद

काठमाडौंः नेपाल १३ औ दक्षिण एशियाली खेलकुद (साग) को फाइनलमा पुगेको छ । अब नेपालले मंगलबार फाइनलमा भुटानसँग खेल्नेछ । ५ टिम सम्मिलित प्रतियोगिताको राउन्ड रोबिनमा शीर्ष स्थान हात पार्नका लागि नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–० ले हरायो ।

सुनिल बलले नेपालका लागि ११ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल साबित भयो । राउन्ड रोबिन चरणमा नेपालले कुनै पनि खेल गुमाएन र १० अंकका साथ शीर्ष स्थानमा रह्यो । भुटान ९ अंकका साथ दोस्रो स्थानमा छ । बंगलादेश भने ४ अंकमै सीमित रही कास्य जितेको छ ।

सागको इतिहासमा छैटौं पटक फाइनलमा पुगेको नेपालले पहिलो पटक फाइनलमा पुगेको भुटानसँग प्रतिष्पर्धा गर्ने भएको छ ।