बंगलादेशले जित्यो महिला क्रिकेटको स्वर्ण

काठमाडौंः १३ औँ दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला क्रिकेटमा श्रीलंकालाई २ रनले पराजित गर्दै बंगलादेशले स्वर्ण पदक जितेको छ ।

आज भएको खेलमा पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ९१ रन बनाएको थियो ।

९२ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८९ रन मात्रै बनाउन सक्यो । महिला क्रिकेट प्रतियोगितामा नेपालले कास्य जितेको छ ।