कर्फ्यु लाग्यो कोहलपुरमा

नेपालगञ्जः ट्रकको ठक्करबाट विद्यार्थी घाइते भएपछि भएको प्रदर्शनले उग्र रुप लिएपछि स्थिति सामान्य पार्न जिल्ला प्रशासन कार्यालयले अघि ३ बजेदेखि कोहपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

जिल्ला सुरक्षा समितिको बैठकले कोहलपुर आसपासका क्षेत्रमा अर्काे आदेश जारी नभएसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो । आज बिहान कोहलपुरमा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत प्रकृति चन्दलाई कोहलपुरबाट नेपालगञ्जका लागि छुटेको ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

घटनापछि प्रदर्शन चर्किएकाले स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाईफायर र अश्रुग्यास प्रहार गरेको थियो । विद्यार्थी र प्रहरीबीच ढुंगा हानाहान भएको थियो । झडपमा परी इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेम शाहीसहित ९ जना प्रहरी र २५ जना प्रदर्शनकारी घाइते भएको बताइएको छ ।