इन्द्र र सञ्जीत पुगे जुडोको फाइनलमा

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र सन्जित डङ्गोल फाइनलमा पुगेका छन् ।

पुरुष ६६ केजीमुनिको तौल समूहमा इन्द्रले फाइनलमा पाकिस्तानी खेलाडी हुसेनलाई १ ० ले पराजित गरे । फाइनलमा इन्द्रले भारतका जस्लिन सिंहसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

७३ केजीमुनिको तौल समूहमा सञ्जितले बंगलादेशका अमिरुल इस्लामलाई हराए ।