स्कुले विद्यार्थीलाई ट्रकले ठक्कर दिएपछि बाँकेको कोहलपुर तनावग्रस्त, ट्रक जलाइयो, प्रहरी र विद्यार्थीबीच झडप

नेपालगञ्जः बाँकेको कोहलपुरमा ट्रकले १ जना विद्यार्थीलाई ठक्कर दिएपछि कोहलपुर बजार तनावग्रस्त बनेको छ ।

बिहान १० बज्न लाग्दा भएको घटनापछि आक्रोशित विद्यार्थीले ठक्कर दिने ट्रक जलाइदिएका छन् । प्रहरीले विद्यार्थीमाथि बल प्रयोग गरेपछि विद्यार्थी थप आक्रोशित हुँदा प्रहरीले विद्यार्थीमाथि रबरको गोलीसमेत चलाएको छ । घटनामा ९ जना प्रहरी र ३ जना विद्यार्थी घाइते भएको बताइए पनि थप विवरण प्राप्त हुन सकेको छैन ।