यस्तो छ सागको पदक तालिका

विराटचोकः सागमा अहिलेसम्मको पदकअनुसार भारत शीर्ष स्थानमा रहेको छ । उसले १ सय १२ स्वर्णसहित २ सय १८ पदक पाउँदा दोस्रो स्थानमा रहको नेपालले ४३ स्वर्णसहित १ सय ४२ पदक र तेस्रो स्थानमा रहेको श्रीलंकाले ३१ स्वर्णसहित १ सय ७१ पदक पाएको छ ।

२३ स्वर्णसहित ९० पदक जितेको पाकिस्तान चौथो, ७ स्वर्णसहित ८५ पदक जितेको बंगलादेश पाँचौँ, १ स्वर्णसहित ३ पदक जितेको माल्दिभ्स छैटौँ र ६ कास्य मात्रै जितेको भुटान सबैभन्दा अन्तिम स्थानमा रहेका छन् । यस्तो छ सागको पदक तालिका ।