संविधान कार्यान्वयनमा कांग्रेसको भूमिका विषयमा पथरीमा खुला सभा हुने

विराटचोकः ‘नेपालको संविधान कार्यान्वयनमा नेपाली कांग्रेसको भूमिका’ विषयक खुला सभा मोरङको पथरीमा हुने भएको छ । सो सभालाई सम्बोधन गर्न पथरीमा नेपाली कांग्रेसका केन्द्रीय नेता आउने भएका छन् ।

जीपी कोइराला अध्ययन केन्द्रको आयोजना तथा नेपाली कांग्रेसका भातृ संगठनको सहयोगमा सभा हुन लागेको बताइएको छ ।

भोलि सोमबार हुने सभालाई सम्बोधन गर्न कांग्रेस महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य मीनेन्द्र रिजाल, पूर्व मन्त्री एवं केन्द्रीय सदस्य गगन थापा र केन्द्रीय सदस्य गुरुराज घिमिरे आउने सो पार्टीले जनाएको छ ।