आगलागीमा परी ज्येष्ठ नागरिकको मृत्यु

विराटनगरः शनिबार राती भएको आगलागीमा परी विराटनगरमा एक जनाको मृत्यु भएको छ । विराटनगर–२ शनिहाटमा ग्यास लिक भएर आगलागी हुँदा ७० वर्षीय जयप्रसाद दाहालको मृत्यु भएको हो ।

काठमाडौं बसोबास गर्दै आएका उनी केही दिनअघि विराटनगर आएर एक्लै बस्दै आएका थिए । उनी आइतबार बिहान जलेको अवस्थामा मृत भेटिएका थिए । घटनास्थलमा ग्यासको पाइप जलेको अवस्थामा सिलिण्डर पाइएको प्रहरीले जनाएको छ ।