पथरी / मोरङको पथरीशनिश्चरे १० मा निशुल्क कम्प्यूटर तालिम सञ्चालन शुरु भएको छ ।

झापामा दमक मा रहेको हिमालयन अौरा डिजिटलले पथरीशिश्चरे वडा नं का बासिन्दालाई लक्षित गरेर तालिम सञ्चालन शुरु गरेको हो । बुधवार नगरउपप्रमुख देविमाया काफ्लेले तालिमको उद्घाटन गर्नुभयो ।
सो उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख काफ्लेले भन्नुभयो ‘यो वडावासीको लागि निक्कै राम्रो अवसर हो, तपाईहरुले निःशुल्क कम्प्युटर कक्षाको ज्ञान हासिल गरी आफ्नो कम्प्युटर स्किल बढाउनुहोस् शुभकामना दिन चाहन्छु ।’
तेस्रो मुलुकमा रहेका भुटानि शरणार्थी र १० नंवर वडा कार्यालयको समेत संयोजन रहेको उक्त तालिममा शरणार्थी शिविरबाट ३० र वडाले पठाएका ३० गरि ६० जनालाई बेसिक तालिम दिइने आयोजकले बताएको छ । जसमध्ये उत्कृष्ट २० जनालाइ थप माथिल्लो तहको तालिमको अवशर दिने कार्यक्रमका अध्यक्ष राम बानियाले बताए । बिशेषगरि ३० बर्षमुनिका युवा समुहरु यो उमेरमा बढि कुलतमा फस्ने सम्भावना रहेको हुदा त्यसलाई न्यूनिकरण गर्न पनि तालिमको आयोजना गरिएको बानियाले बताए ।
राम बानियाको अध्यक्षतामा भएको सो उद्घाटन कार्यक्रममा वडाध्यक्ष जीवन खतिवडा, पूर्व नगर प्रमुख दिलिपकुमार राई, भ्वाइस अफ नेपाल विजेता किरण गजमेर, पूर्व क्याम्प सचिव चम्पासिंह राई, क्याम्प सचिव करण राई, खानेपानी समिति सदस्य चन्द्र घिसिङ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सो कम्प्युटर कक्षाका विषयमा तालिम निर्देशक राजेश थापा र कम्प्युटर शिक्षक सुगम पोखरेलले प्रष्ट पार्नुभएको थियो।
कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डिएसपी मोहन विक्रम दाहाल, समाजसेवी देवराज भण्डारी, वडा सदस्य तथा कार्यपालिका सदस्य मिना योन्जन, वडा सदस्यहरु दिलबहादुर कार्की, विरबहादुर बस्नेत, मनकुमारी विश्वकर्मा, विद्यालयका प्रअहरु र वडावासीको उपस्थिति रहेको थियो ।