गोठ सुधार/निर्माणमा अनुदान कार्यक्रमका लागि अनुगमन

पथरी / पथरी शनिश्चरे नगरपालिकामा ५० प्रतिशत अनुदानमा लक्षित वर्गलाई गोठ सुधार/निर्माणमा अनुदान कार्यक्रमका लागि अनुगमन गरिएको छ  ।

नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाको आर्थिक वर्ष २०८१/०८२ मा स्वीकृत कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा लक्षित वर्गलाई गोठ सुधार/निर्माणमा अनुदान कार्यक्रमको लागि अनुगमन गरिएको हो ।

मंगलवार वडा नं. ६ को हरिमाया कृषि तथा पशुपालन फर्म, वडा नं. ७ को खम्बुटोल पशुपंक्षी तथा कृषि फर्म, वडा नं. ६ को रायमाझी कृषि फर्म, प्रदिप पशुपंक्षी तथा कृषि फर्म, वडा नं. ५ को बखम्बे कृषि फर्म पशुपंक्षी पालन एकीकृत कृषि फर्म खेती, वडा नं. ९ को अफर्सी कृषि फर्म प्रा.लि., वडा नं. ६ को मोति एकीकृत कृषि फर्म, वडा नं. ७ को लक्ष्मी कृषि फर्म पशुपंक्षी पालन तथा मिश्रित खेतीको अनुगमन गरिएको थियो ।




Leave a Reply

Your email address will not be published.