डेंगुको सङ्क्रमणमा परे श्रीलङ्काका खेलाडी

काठमाडौंः १३ औँ दक्षिण एशियाली खेलकुद (साग) खेल्न आएका १३ जना श्रीलङ्कन खेलाडीलाई डेंगु सङ्क्रमण भएको छ ।

७ जना खेलाडीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भएको र तीमध्ये महिला फुटबलर गायथ्री नानायक्कराको अवस्था गम्भीर भएकाले आइसियूमा उपचार भइरहेको बताइएको छ । अन्य ६ खेलाडी भने उपचारपछि डिस्चार्ज भएर होटल फर्किएका छन् ।

श्रीलंकाली साग टोलीले नेपालसँग विशेष अनुरोध गरेर आफैंले उपचार गरेको थियो ।