सुनको भाउ तोलामा ५ सय र चाँदीको भाउ तोलामा १० रुपैयाँ घट्यो

विराटचोकः सुन र चाँदी दुवैको भाउ आज घटेको छ । साताको पहिलो दिन सुनको भाउ तोलामा ५ सय र चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रति तोला ७१ हजार २ सय र तेजाबी सुन प्रति तोला ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रति तोला ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।