पथरी / मोरङको पथरीशनिश्चरे नगरपालिकामा १९ जना क्षयरोगि भेटिएका छन् ।
नगरपालिकाले उच्च जोखिममा रहेका समूह र स्वास्थ्य संस्थाको पहुँच बाहिर रहेका जनसंख्यामा १९ गतेदेखि ४ दिने क्षयरोग स्क्रिनिङ शिविर सञ्चालन गरेको थियो। जसमध्ये पथरी शनिश्चरे वडा नं. ५ को स्वास्थ्य चौकी हसन्दहमा सञ्चालित शिविरमा २ जना, वडा नं. ४ को वडा कार्यालयमा १ जना, वडा नं. १ को आधारभूत स्वास्थ्य केन्द्रमा ४ जना र अन्तिम दिन वडा नं. १० शिविरमा अवस्थित आधारभूत स्वास्थ्य केन्द्रमा १२ जना क्षयरोग पोजेटिभ भएको क्षयरोग मुक्त नेपाल अभियान पथरी शनिश्चरे नगरपालिकाका कार्यक्रम संयोजक मुकेश पौडेलले जानकारी दिनुभयो ।
क्षयरोग स्क्रिनिङ शिविरमा जम्मा ९ सय ६० जनाको स्क्रिनिङ गरिएको थियो ।