उमेशको ह्याट्रिकसंगै हसन्दह राइजिङबिरुद्द पुलचोक एफसिको सहज जित

पथरी / मोरङको पथरीशनिश्चरेमा जारि दोश्रो पथरीशनिश्चरे खेलकुद महोत्सव अन्तर्गत मंगलवार भएको फुटवल खेलमा हसन्दह राइजिङ स्टारलाई ४-२ को गोल अन्तरले हराउदै पुलचोक फुटवल क्लव बिजयी बनेको छ ।

पुलचोकको जितका लागि उमेश मगरले ३ ग‍ल लगाउदै ह्याट्रिक पूरा गरे । खेलको दोस्रो मिनेटमै हसन्दहका क्याप्टेन नितेश राइले ग‍‍‍ोल गर्दै खाता खोल्न सफल भए पनि त्यसपछि लगातार पुलचोकका उमेशले २ गोल गरेका थिए । उनले खेलको १४ अौं मिनेटमा र २५ अौं मिनेटमा गोल गर्दै पुलचोकलाइ अग्रता दिलाएका थिए । खेलको ३६ अौ मिनेटमा पुन पुलचोकका खेलाडि लेखराज कार्किले गोल गर्दै ३-१ को अग्रता बनाए । खेलको ६५ अौं मिनेटमा उमेश मगरले पुन अर्को गोल गर्दै ह्याटि्रक पूरा गरे भने निर्धारित खेलको समयावधि सकिएपछि थपिएको अतिरिक्त समयमा पुलचोकका गोलरक्षकले डि बक्समा फउल गरेपछि पाएको पेनाल्टिको अवसरलाइ सदुपयोग गर्दै हसन्दहका क्याप्टेन नितेश राईले गोल गरेका थिए ।

ब्यक्तिगत ३ ग‍ोल गरेका पुलचोकका उमेश म्यान अफ द म्याच घोषित भए । आजको खेल प्रभात सामुदायिक युवा क्लव र सिरिजंगा फुटबल क्लवबिच हुनेछ ।




Leave a Reply

Your email address will not be published.