सुटिङको १० मिटर एयर राईफल मिक्समा कास्यबाट पनि चुक्यो नेपाल

कठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत सुटिङको १० मिटर एर राईफल टिम मिक्स इभेन्टमा नेपालले कास्य पनि जित्न सकेन ।

सातदोबाटोस्थित सुटिङ रेन्जमा शनिबार भएको मिक्स इभेन्टमा नेपालका कल्पना परियार र आर्नभ घिमिरेले कास्य पदकका लागि प्रतिष्पर्धा गरेका थिए । तर उनीहरूको टिम पाकिस्तानसँग पराजित भयो । पाकिस्तानका रइस नाद्रा र अदिल गुफ्रिनको टोलीले कास्य पदक हात पार्याे । पाकिस्तानी टिमले पदक भिडन्तमा १६ अंक ल्याउँदा नेपालका कल्पना र अर्नभको जोडीले ८ अंक मात्रै जोड्न सके ।

सो इभेन्टमा भारतले स्वर्ण पदक जित्दा बंगलादेशले रजत जितेको छ ।




Leave a Reply

Your email address will not be published.