द भ्वाइस अफ नेपाल विजेतामा झापाका राम लिम्बू

बिराटचोक ः द भ्वाइस अफ नेपाल दोश्रो सिजनकोे उपाधी झापाका राम लिम्बूले जित्न सफल भएका छन् । राती ११ः ०४ मा राम लिम्बूलाई द भ्वाइस अफ नेपाल दोस्रो विजेता घोषणा गरिएको थियो ।
उनले उपाधी चुमे संगै डाटसन रेडि गो कार, १२ लाख नगद पुरस्कार, १५ लाख बराबरको भिडियो एल्बम र विश्व साङगितिक भ्रमणको अवसर पाएका छन् ।

हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शोको दोश्रो सिजनको विजेता राम बनेका हुन् । कोच प्रमोदको टिमबाट राम विजयी भएका हुन् । ‘द भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बू , विकास लिम्बू र आरिफ राउफ पुगेका थिए ।