मध्यरातमा इटहरीको सूर्य कम्प्लेक्समा लागेको आगो ९ ओटा दमकलको सहयोगमा नियन्त्रणमा

इटहरीः इटहरीमा रहेको सूर्य कम्प्लेक्समा शनिबार राति आगलागी भएको छ । सूर्य कम्प्लेक्सस्थित होटल बिगबारबाट राति अन्दाजी १ बजे आगलागी शुरु भएको बताइएको छ । आगोबाट होटल बिगबार पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

कम्प्लेक्सको चौथो तलामा आगो लागेकाले आगो निभाउन समस्या भएको थियो । स्थानीय, नेपाल प्रहरी, नेपाली सेना र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको छ । इटहरी, इनरुवा, सुन्दरहरैंचा, विराटनगर, दमक, राजविराज, दुहबी, महेन्द्रनगर र धरानका २ ओटा गरी ९ ओटा दमकलले आगो नियन्त्रणमा लिएका थिए । आगलागीको कारण खुल्न सकेको छैन ।