सातामा १९ दशमलव १३ अङ्कले बढ्यो शेयर बजार

विराटचोकः तल्लो बिन्दुमा आएको शेयर बजार यस साता १९ दशमलव १३ अङ्कले बढेर १ हजार १ सय ३१ दशमलव ९२ अङ्कमा पुगेको छ ।

नेप्सेमा सुधार आउँदा समग्र बजार पूँजीकरणमा पनि १ दशमलव ८१ प्रतिशतले वृद्धि भई १४ खर्ब ३७ अर्ब ५० करोड रुपैयाँ पुगेको छ ।

५ कारोबार दिनमध्ये ४ दिन शेयर बजार बढेको थियो । साताभारमा १ सय ८७ कम्पनीको २३ हजार २ सय ९ पटक शेयर कारोबार हुँदा १ अर्ब ३७ करोड २४ लाख रुपैयाँ बराबरको ४५ लाख ९७ हजार कित्ता शेयर किनबेच भएका थिए ।

यस साता सर्वाधिक कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । यस इन्स्योरेन्सको १० करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै एनएमबी बैंकको ९ करोड ५२ लाख, एनआईसी एशियाको ६ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।