माल्दिभ्सविरुद्ध १ का विरुद्ध २ गोल गर्दै नेपालको जीत

काठमाडौंः १३ औं साग अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई १ का विरुद्ध २ गोल गर्दै पराजित गरेको छ । यो जीतसँगै नेपाल ७ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ ।

खेलको १९ औं मिनेटमा इब्राहम हुसेनले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफ सकिन २ मिनेट बाँकी छँदा अभिषेक रिजालले गोल गरी खेललाई बराबरीमा ल्याएका थिए । खेलको ५२ औं मिनेटमा अनन्त तामाङले थप गोल गर्दै नेपालको लागि जीत दिलाउन सफल भएका हुन् ।