प्रि म्याचमा भारतसँग नेपाल पराजित

काठमाडौंः १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा फाइनलमा पुगिसकेका नेपाल र भारतका टिमबीच भएको  प्रि म्याचमा नेपाल पराजित भएको छ ।

पोखरा रंगशालामा भएको खेलमा भारतले आयोजक नेपाललाई १–० गोल अन्तरले हराएको हो । भारतकी एनजी बालादेवीले खेलको १८ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल भएको थियो । दुवै टोलीबीच फाइनल खेल सोमबार हुँदैछ ।