डिआइजि खापुङद्धारा पथरीका डिएसपि दाहालको मुक्तकण्ठले प्रशंशा

प्रेम के.डि
पथरी / कोशि प्रदेश प्रहरी प्रमुख चन्द्रवहादुर खापुङले इलाका प्रहरी कार्यालय पथरीका डिएसपि मोहनविक्रम दाहालको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

शुक्रबार इलाका प्रहरी कार्यालयक पथरीका प्रमुखको निवासको उद्घाटन गर्न पथरीशनिश्चरे आएका खापुङले मन्तव्य राख्ने क्रममा डिएसपि दाहालले पथरीशनिश्चरेमा लागुऔषधविरुद्ध गरेको सर्च अप्रेशनले सफलता पाएको भन्दै डिएसपि दाहालको तारिफ गरेका हुन् । डिएसपी दाहालले इलाका प्रहरी कार्यलय पथरीको नेतृत्व सम्हालिसकेपछि लागुऔषधविरुद्ध आक्रमक रुपमा लागेका छन भने केहि महिनाभित्रै सयौँ लागुऔषध प्रयोगकर्ता तथा कारोवारीलाई नियन्त्रणमा लिन सफल भएका छन् ।

भवन निर्माण समितिका संयोजक रुपनारायण भट्टराइको संयोजकत्वमा सम्पन्न भएको उक्त उद्घाटन कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन तुम्वापो, कानेपोखरी गाउँपालिका प्रमुख राजमति इङनाम लगायतले शुभकामना मन्तव्य राखेका थिए । १८ लाख २१ हजार रुपैयाको लागतमा बनेको उक्त भवनमा २ एट्याजरुम तथा किचनसहित ६ कोठा रहेका छन ।

पथरीशनिश्चरे नगरपालिका तथा कानेपोखरी गाउँपालिकाको मुख्य सहयोगमा निमाण गरिएको उक्त भवनलाई आवश्यक पर्दा ५ तला सम्म लैजान सकिनेगरि निर्माण गरिएको भवन निर्माण समितिका सचिव इश्वरी सापकोटाले जानकारी दिए ।