हात्तिपाइले रोग सम्वन्धी अभिमुखीकरण गोष्ठी

पथरी / पथरी शनिश्चरे नगरपालिकामा आज हात्तिपाइले रोग सम्वन्धी अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ ।

नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रममा हात्तीपाइले रोग निवारण कार्यक्रम प्रभाकारी भएको नभएको परीक्षण हुने भएको हो । विगत १२ वर्षसम्म खुवाएको औषधिको प्रभावको परीक्षण हुनेभएको छ । असोज १९ गतेबाट नगरको वडाहरूमा स्वास्थ्यकर्मीहरूको टोलीले सो अनुगमन गर्नेभएका हुन् । फोकल पर्सन किड जन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौटा कीट जन्य रोग अनुसन्धान अधिकृत चन्द्रेश्वरप्रसाद यादव र कान्जे चौधरीले सहजीकरण गर्नुभएको थियो ।

यस कार्यक्रम अन्तर्गत वडाको १ सय ५ जना नागरिकसँग औंलाबाट रगत निकाली आरडीटी जाँच गरिनेछ । यदि त्यसमा पोजेटिभ आएमा सो व्यक्तिको मध्यरातमा पुनः चाँच गरिन्छ र उपचार गरिन्छ ।

उप–प्रमुख देविमाया काफ्लेको अध्यक्षतामा भएको अभिमुखीकरण गोष्ठीमा वडा नं. १ का अध्यक्ष भीम राई, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहाल, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, नगरका स्वास्थ्य अधिकृत जगत मगर, स्वास्थ्य सिअहेव अधिकृत एकराज खत्री, वडा सदस्यहरु, विद्यालयका प्रतिनिधिहरु, स्वास्थ्यकर्मी, स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।

आज नै पथरीशनिश्चरे वडा नं. ३, ५, ७ र ९ मा पनि अभिमुखीकरण गोष्ठी भएको छ ।