लायन्स क्लब अफ सुन्दरदुलारीद्वारा न्यानो कपडा वितरण

विराटचोकः लायन्स क्लब अफ सुन्दरदुलारीले शुक्रबार साजीलाल आधारभूत विद्यालय सुन्दरहरैंचा– ७ मा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

सो विद्यालयमा अध्ययनरत १९ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको क्लबका अध्यक्ष नागेश पोखरेलले बताए । पोखरेलका अनुसार शनिबार गछियामा रहेको जुपिटर इङ्लिस स्कुलमा क्लबले स्वास्थ्य शिविरको आयोजना गर्ने भएको छ ।