१७ वर्षीय सुवास तामाङले जिते गल्फमा २ स्वर्ण

काठमाडौंः १७ वर्षीय सुवास तामाङले १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा २ ओटा स्वर्ण जितेका छन् ।
उनले व्यक्तिगत र टिम इभेन्टतर्फ स्वर्ण जितेका हुन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो । टिम इभेन्टतर्फ सुवाससँगै शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङले स्वर्ण पदक जितेका छन् ।