सुनको भाउ घट्यो, चाँदीको स्थिर

विराटचोकः साताको अन्तिम कारोबारको दिन आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।

हिजो सुनको भाउ तोलामा २ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको थियो । आज सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार आज छापावाल सुन प्रति तोला ७१ हजार ४ सय र तेजाबी सुन प्रति तोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी प्रति तोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।