कृष्णदास गिरीलाई अनुसन्धानका लागि ७ दिनको म्याद थप

विराटचोकः जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई अनुसन्धानको लागि सुनसरी जिल्ला अदालतले दिएको ४ दिनको म्याद शुक्रबार आज सकिएको छ । तर उनको बयान र अनुसन्धान अझै नसकिएकाले शुक्रबार पनि गिरीलाई ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले १० दिनको म्याद मागे पनि जिल्ला अदालत सुनसरीले ७ दिनको मात्र म्याद थप गरेको हो । प्रहरीले अहिले कृष्णदासमाथि अनुसन्धान गरिरहेको छ ।