भ्रमण वर्षको गीत लेखी पुरस्कार जित्न सरकारको आह्वान

काठमाडौंः सरकारले नेपाल भ्रमण वर्षको प्रचार सङ्गीतमार्फत् गर्नका लागि भ्रमण वर्ष गीत रचना गर्न सर्जकलाई आह्वान गरेको छ । नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले नेपालका पर्यटकीयस्थलको प्रचारप्रसार गीतमार्फत् गर्न नेपालको बहुपक्षीय सुन्दरता तथा सिंगो नेपालको कला, संस्कृति, धर्म, रहनसहन, आतिथ्यता तथा प्राकृतिक सौन्दर्य झल्कने गीत रचना गर्न आह्वान गरेको हो ।

सचिवालयको कार्यालय केशरमहलमा वा सचिवालयको इमेल ठेगानमा १० दिनभित्र गीत पठाउन आह्वान गरिएको छ । प्राप्त गीतमध्ये छनोटमा परेका उत्कृष्ट गीतलाई पुरस्कार दिइने सचिवालयले जनाएको छ ।